
काठमाडौं, २५ चैत । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १७औँ बैठकले वायु प्रदूषणका विषयमा छलफल गरेको छ ।
सोमबार बसेको परिषद्को १७औँ बैठकले वायु प्रदूषण कम गर्न सम्पूर्णमा सचेतना फैलाउनु र नियन्त्रण गर्नका लागि जनशक्ति परिचालन गर्न समेत निर्देशन दिने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले जानकारी दिए ।
उनले भने, ‘वायु प्रदूषणका विषयमा आज छलफल भयो । वायु प्रदूषणको एउटा मुख्य कारक अहिले वन डढेलो हो यो सम्बन्धी पनि जानकारी गराइयो । यो सम्बन्धी परिषद्ले गृहमन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकार सम्पूर्णमा सचेतना पनि फैलाउनु र नियन्त्रण गर्नका लागि जनशक्ति परिचालन गर्न समेत निर्देशन दिने निर्णय गरेको छ ।’
साथै उनले जाजरकोटको भूकम्प र डोटी बझाङको भूकम्पले पुर्याएको विस्तृत क्षति आँकलन राम्रो गतिले गैइरहेको बताए । ६ हजार घरको डिडिए आएको छ र त्यो डिडिए १ महिनाभित्र सम्पन्न गर्ने गरी टोली परिचालन गरिने समेत भट्टले बताए ।








प्रतिक्रिया