१४ असार २०८३, आइतबार

नेपालमै पहिलोपटक ‘महिला लेजेण्ड टी–२० सिरिज’ सुरु, सन् २००९ टिम विजयी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २५ चैत । रुपन्देहीको भैरहवामा मुलुकमै पहिलोपटक पूर्वमहिला क्रिकेट खेलाडीहरुबीच ‘महिला लेजेण्ड टी–ट्वान्टी सिरिज’ सुरु भएको छ । नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड भने पहिलोपटक आयोजना भएको हो ।

सन् २००७ र २००९ मा खेलेका पूर्वराष्ट्रिय र अन्तर्राष्ट्रिय महिला खेलाडीहरुको छुट्टाछुट्टै टिम बनाएर सिरिज आयोजना गरिएको हो ।

सोमबार सिद्धार्थ क्रिकेट मैदान भैरहवामा भएको खेलमा सन् २००९ को लेजेण्ड महिला टिम ५ विकेटले विजयी भएको छ । जितका लागि पाएको ८३ रनको लक्ष्य सन् २००९ टिमले ८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै जित निकाल्यो । उसको जितमा सरु पुनले ४१ र शोभा आलले १४ रनको योगदान गरिन् । बलिङमा सन् २००७ टिमका सुस्मिता चौधरी र निरा राजउपाध्यायले समान १–१ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको सन् २००७ को टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनको सामान्य योगफल बनाएको थियो । टिमका लागि निरा राजउपाध्यायले २३ तथा मधु थापा र नेरी थापा मगरले समान १३–१३ रन बनाइन् । बलिङमा सन् २००९ को टिमका करुणा भण्डारीले ४, सोनु खड्काले २ तथा रितु कनौजिया र सीता शाहीले १–१ विकेट लिइन् ।

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज सुरु भएको हो । दुई दिनसम्म चल्ने सिरिजमा मुलुकभरबाट पूर्वक्रिकेटर महिला खेलाडीहरु भैरहवा आएका छन् । यो सिरिजमा लेदर बलको प्रयोग गरिएको छ ।