
काठमाडौं, २५ चैत । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
यो बचत खाता विशेष गरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाइदा पुग्ने बैंकले जनाएको छ । यो उमेर समूहका ग्राहकहरुलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न, बचतको महत्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिमसम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्ने बैंकले जनाएको छ ।
मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम ५० रुपैयाँ मौज्दात राखेर खाता खोल्ने प्रत्येक ग्राहकहरुलाई बैंकले अर्धमासिक तथा मासिकरुप एकपटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिमसम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुनजेलसम्मको लागि निःशुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्नेछन् । साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता लगायत विभिन्न बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।








प्रतिक्रिया