२४ असार २०८३, बुधबार

अलपत्र रहेको विधेयकहरु छिटै पारित हुन्छन् : मन्त्री गुप्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २५ चैत । शिक्षक तथा संघीय निजामती ऐन बिधेयक अब चाँडै पारित हुनेमा बिस्वस्त हुन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आग्रह गरेका छन् । करिब एक दशकदेखि अलपत्र रहेका बिधेयकहरुको करिब १८ सय उपदफाहरुमा दफाबार छलफल भएको मन्त्री गुप्ताले बताएका हुन् ।

पर्साको वीरगञ्जमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठन पर्साको १४ औं अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुप्ताले आउँदो १२ गते पछि सुरु हुने संसदमा तीनवटा बिधेयकहरु पारित हुने प्रतिवद्वता व्यक्त गरे । साथै नेपाल प्रहरीसंग सम्बन्धी बिधेयक पनि प्रस्तुत हुने उनको भनाई छ ।

सरकारले तीनवटै बिधेयक बहुमतले पारित गर्नेमा आफू आशावादी रहेको बताए । विभिन्न प्रतिक्रियावादी शक्तिहरु सलबलाउन थालेकोले नेपाली जनताले त्यस्ता तत्वहरुलाई तह लगाउने चेतावनी पनि मन्त्री गुप्ताले दिएका छन् ।

देशमा अहिले गलत कुराको प्रचार भईरहेको भन्दै उनले आफ्नो परिवार पनि बचाउन नसक्ने पूर्वराजाले देश कसरी बचाउँने ? भन्दै प्रश्न पनि गरे । उनले गणतन्त्रको बिकल्प नरेहेको स्पष्ट पारेका छन् । सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुप्ताले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी भएको उल्लेख गरे ।

राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रूपमा समापन भएको तर्क गर्दै मन्त्री गुप्ताले भने, ‘कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।’