२३ असार २०८३, मंगलबार

जेलबाट रविको सन्देश- ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । भैरहवा कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोध साँधिएको दावी दोहोर्‍याएका छन् ।

उनले आफू निकट पत्रकार प्रमोद न्यौपानेमार्फत नेता कार्यकर्ताका लागि चारवटा सन्देश पठाएका हुन् । उनले अहिले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र पालो सबैको आउने बताएका छन् ।

उनले भने, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’

यस्तै उनले आफूले अदालतको सम्मान गर्ने बताउँदै कानुनले दिएको अधिकार प्रयोग गर्दै तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्ने पनि जानकारी दिएका छन् । त्यसका लागि आफ्ना कानुन व्यवसायीले काम थालिसकेको बताए ।

यस्तै उनले न्यायालयबाट न्याय पाउनेमा ढुक्क रहेको बताउँदै उनले भने, तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन् ।’ उनले पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर बनाउन पार्टीका नेताहरूलाई पनि आग्रह गरेका छन् । ‘सक्नु हुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस् । अभियानलाई जनताको बीचमा पुर्‍याउनुस्,’ उनले नेताहरूलाई भनेका छन् ।