२५ असार २०८३, बिहिबार

जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. भट्टराई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २५ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले पार्टी कमिटीलाई बिधिसम्मत ढंगले सञ्चालन गर्न जरुरी भएको बताएका छन् ।

एमाले सिन्धुलीको पाँचौं सचिवालय बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै उनले सो कुरा बताएका हुन् । बागमती प्रदेश इन्चार्ज समेत रहेका डा. भट्टराईले जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बूढो हुने, नेकपा (एमाले) ले बोकेको बिचार जनताको बहुदलीय जनबादकै आधारमा नेपाल अगाडि बढेको उल्लेख गरे ।

एमालेले जानीजानी समाजलाई घाटा नहुने काम कहिल्यै नगरेको र गलत गर्नेलाई बचाउनेगरी पार्टी कहिल्यै नलाग्ने प्रष्ट पारेका छन् । एमाले जरा केन्द्रित अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुनेगरी नीति बनाउने बताउँदै नेता भट्टराईले, एमालेका नेता कार्यकर्तालाई जनताबाट टाढा नबस्न पनि निर्देशन दिए ।

बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज क। मनोज जंग थापाले सिन्धुलीमा पार्टीको जरा अभियान प्रभावकारी रुपमा संचालन भइरहेको बताउँदै पार्टी कमिटीका नेता कार्यकर्तालाई अभियानमा अझ जुझारु ढंगले लाग्न निर्देशन दिएका छन् । एमालेकै कारण सुनकोशी मरिण ड्राइभर्सन आयोजना, मदन भण्डारी, पुस्पलाल लोकमार्ग निर्माण भएको र त्यसैका आधारमा आज जिल्लाको समग्र बिकासमा एमालेले नेतृत्व गरिरहेको प्रष्ट पारे ।

आज सम्पन्न बैठकले पार्टी सदस्यता नवीकरण, बिस्तारका लागि तीब्रतम ढंगले लाग्ने, जरा केन्द्रित अभियानको समिक्षा, बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलन्जोर गाउँपालिकाको खनियाँखर्कमा आयोजना गर्ने, चैत ३० गते नयाँ बर्षको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम लगायतका निर्णय गरेको प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिएका छन् ।

जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको बैठकलाई उपाध्यक्ष कर्ण घिसिङले स्वागत र सचिव नवराज थिङले सञ्चालन गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरु गणेशकुमार पहाडी, विषमलाल अधिकारी दनुवार, कमलजंग राई, उमा कोइराला, सुवास देवकोटा र निरु दर्लामी सहभागी थिए ।