७ श्रावण २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : बल्ल शान्त भयो माधव नेपालको मन, रविको आदेशमा सन्दीपको आदेश कपी ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहका एकजना सचिवले राजसंस्था फर्काउने इच्छा नरहेको बताएको दाबी गरेका छन्।

शाहका ती सचिवले राजा बनेर फर्किने चाहना ज्ञानेन्द्र स्वयंको नरहेको जानकारी आफूलाई दिएको कुरा अध्यक्ष नेपालले सुनाएका हुन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भने, ‘एउटा राम्रो कुरा मैले सुनेँ। राम्रो कुरा के हो भने त्यो पूर्वराजाको सचिव एकजनाले बोलेको कुरा सही हो भने अहिले राजा फर्काउने कुरा छैन, पूर्वराजाको इच्छा पनि होइन। बाहिरको हल्ला मात्रै हो भने पनि अलिकति मन शान्त भएको छ। अरूले पनि फाइदा उठाउन खोजेका रहेछन्। यदि त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु।’

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–