
काठमाडौं, २४ चैत । पञ्चकन्या समूहले सगरमाथा र लोत्से हिमालको आरोहण गर्न लागेकी कलाकार कविता नेपालीलाई आर्थिक सहयोग गरेको छ । यही चैत ३० गतेदेखि सगरमाथा र लोत्से हिमाल आरोहण गर्न लागेकी कवितालाई पञ्चकन्या समूहले सहयोग प्रदान गरेको हो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कविताको मिसनमा हातेमालो गर्नेगरी आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ । यो सामाजिक कार्यमा गरेको सहयोग, उनलाई एक कलाकारको रूपमा मात्र नभई उनको बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतीकको रूपमा गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठले बताएका छन् ।
सन् २०१८ मा बुगी वुगी इन्टरनेसनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल भई सफलता हासिल गरिसकेको अनुभवलाई शिरोपर गर्दै कविताले अब हिमालयमा एउटा पुस्ताको आशा र नेपाली महिलाहरूको स्थायी शक्तिलाई लिएर जाने विश्वास कम्पनीले लिएको छ ।
यो साझेदारीले पञ्चकन्या समुहले लामो समयदेखि विभिन्न विशिष्ट क्षेत्रहरुमा नयाँ उचाइ चुम्न प्रयासरत नेपाली महिलाहरूलाई सहयोग गर्ने परम्पराको निरन्तरता रहेको छ । यस समूहले सन् २०१३ मा माउन्ट किलिमान्जारोमा आरोहण गर्ने सेभेन समिट्स महिला टोलीको समूहलाई आफनो कम्पनी सुरुवात भएको ४०औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक ब्यानर सो हिमालको चुचुरोमा पुर्याएको थियो । यही सिलसिलामा एभरेष्ट आरोहण गर्ने अठोट राखेका साहसी नेपाली महिला निशा अधिकारी, डाक्टर प्रिती भुसाल तथा व्यवसायिक पत्रकारिता गर्ने हिम्मतीला पाँच नेपाली महिला पत्रकारहरुले पितृसत्तात्मक पुरातनवादी सोचलाई भत्काउँदै नेपाललाई विश्व मञ्चमा प्रतिनिधित्व गर्दै नेपालको गौरव राख्न ठूलो भूमिका खेलेका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रमबीच घोषणा गरिएको यो प्रायोजनले आर्थिक सहयोगभन्दा पनि अर्थपूर्ण, दीर्घकालीन प्रभाव सिर्जना गर्नेमा पञ्चकन्या समूहको विश्वासलाई मूर्त रूप दिनेमा कुनै शंका नभएको कम्पनीले विश्वास रहेको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व रणनीति मुख्य गरी पाँच क्षेत्रहरूमा केन्द्रित रहेको छ । त्यसमा शिक्षा, वातावरण, महिला सशक्तिकरण, स्वास्थ्य र सरसफाई तथा सिप विकास गरी नैतिक, समावेशी, र दिगो विकासप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको छ ।
‘कविताको यात्रा आरोहणभन्दा धेरै संसारभरिका साहसी मानिसहरुलाई लागि सन्देश हो’, पञ्चकन्याका समुहको प्रवक्ताले भने, ‘हामीले उनलाई सहयोग र समर्थन गर्न पाउँदा गर्व गर्छौँ किनकी उनले नेपालको कथा र भावनालाई विश्वको शीर्ष उचाइमा पुर्याउँदैछिन् ।’








प्रतिक्रिया