२४ असार २०८३, बुधबार

पत्रकार सुरेश रजकको निवासमा शुभेच्छुक र विशिष्टहरुको भीड, देउवा पनि पुगे

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा चैत्र १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको शोकमा रहेका परिवारलाई शान्तवाना दिन शुभेच्छुकदेखि विशिष्ट व्यक्तिहरुको भीड देखिएको छ ।

ताहचलस्थित निवासमा किरियामा बसेका आफन्त र परिवारजनलाई समवेदना प्रकट गर्न र मृतक रजकप्रति श्रद्धान्जली व्यक्त गर्न विशिष्टहरुको भीड लाग्ने गरेको हो ।

आइतबार पनिकांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु रजक निवास पुगेका छन् ।

शुभेच्छुकहरुले रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गरिरहेका छन् ।