
सुर्खेत, २४ चैत । नेकपा (एमाले) ले यही चैत २६ गते सुर्खेतमा जागरणसभा गर्ने भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा देशव्यापी जागरण अभियान अन्तर्गत जागरणसभा गर्न लागिएको जानकारी दिइएको हो ।
सभालाई पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल, पार्टीका कर्णाली प्रदेश इञ्चार्ज कमरेड गोरख बोगटीलगायतका नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।








प्रतिक्रिया