३ श्रावण २०८३, आइतबार

तीनकुने घटनामा प्रधानमन्त्रीले भने- न्यायिक छानबिन नहुन सक्छ तर निष्पक्ष छानबिन हुन्छ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन् ।

आज थाइल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यायिक छानबिनको माग उठेकोमा पनि जवाफ दिँदै न्यायिक छानबिन नहुन पनि सक्ने र छानबिन निष्पक्ष हुने बताएका हुन् ।

उनले भने, ‘छानबिन हुँदैछ । न्यायिक छानबिन हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन आवश्यक पनि हुँदैन ।’

यस्तै उनले शिक्षकहरूको आन्दोलनलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।

उनले भने, ‘शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु किनभने सरकारमाथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनुभएको छ । नत्र पहिले प्रदर्शन गर्नुहुन्न थियो । किनभने प्रदर्शन गर्‍यो गर्‍यो कानमा बतास लाग्दैन भन्ने किन प्रदर्शन गर्ने रु यसपटक आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास भएर आउनुभएको हो ।’