
काठमाडौं, २३ चैत । शुक्रबार साँझ जाजरकोटको कुसे गाउँपालिका-९, पैंकलाई केन्द्रबिन्दु बनाएर गएको दुईवटा भूकम्पमा परी रुकुम (पश्चिम) मा दुई जना र जाजरकोटमा ६ जना गरी कुल ८ जना घाइते भएका छन् ।
घाइते भएकाहरुमध्ये जाजरकोटका तीनजना उपचार पश्चात् डिस्चार्ज भएका र जाजरकोटका तीनजना तथा रुकुम (पश्चिम) का दुई जना गरी पाँचजनाको हाल स्थानीय तथा जिल्ला अस्पतालमा उपचार चलिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।
शुक्रबार जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई भूकम्प गएको थियो । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।








प्रतिक्रिया