२१ असार २०८३, आइतबार

केपी ओली कप टी–२० क्रिकेट आजदेखि

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । दोस्रो संस्करणको ‘केपी ओली कप टी–२० राष्ट्रिय पुरूष क्रिकेट’ आजदेखि पोखरामा सुरु हुँदैछ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले एकेडेमीका संरक्षक रहेका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको र प्रतियोगितामा १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

१६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा सीइसी काठमाडौं, हेटौंडा एसए, पोखरा महानगर सिसी र स्याङ्जा सिसी रहेको छ । समूह ‘बी’मा चितवन सिसी, ग्रेट हिमालयन सिए, गण्डकी हिरोज सिसी र हिमालयन सिए छ ।

यसैगरी, समूह ‘सी’मा लुम्बिनी खुकुरी सीसी, मधेस प्रदेश सिसी, हिमाल फ्रेन्ड्स र कर्णाली एकेडेमी रहेको छ भने समूह ‘डी’मा सुन्दरहरैँचा आइसिसी, अत्तरिया सिए, माइपोखरी सीसी र होराइजन सिसी रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज दिउँसो १ बजे पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

‘लिग कम नक आउट’का आधारमा हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद पाँच लाख रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 केपी ओली कप क्रिकेटको पहिलो संस्करण गत वर्ष मधेश प्रदेशले उपाधि जितेको थियो ।