१५ असार २०८३, सोमबार

सामसुङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी एम १६ ५जी, कति पर्छ मूल्य ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । सामसङ नेपालले आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस ग्यालेक्सी एम १६ ५जी स्मार्ट फोन सार्वजनिक गरेको छ । यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी एम १६ ५जी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ जसले एम सिरिजको परम्परालाई निरन्तरता दिएको कम्पनीको भनाइ छ । नयाँ डिजाइनसहितको ग्यालेक्सी एम १६ ५जी स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो र यसमा सेग्मेन्ट-अग्रणी एफएचडी‌ंसुपर एमोलेड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए ।

ग्यालेक्सी एम १६ ५जी मा ६.७ इन्चको एफएचडी‌ सुपर एमोलेड डिस्प्ले दिइएको छ जसले भाइब्रेन्ट कलर र क्ल्यारिटी दिन्छ ।

नयाँ लाइनर ग्रुप क्यामरा मोड्युल, सन्तुलित र बोल्ड रंग संयोजन र ७‍.९ एमएम स्लिम डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। यो स्मार्ट फोन ब्लस पिंक (गुलाबी), मिन्ट ग्रिन (हरियो) र कालो रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा भएको ५०एमपीको मुख्य क्यामरा, ५ एमपीको अल्ट्रा-वाइड, २ एमपीको म्याक्रो क्यामरा र १३ एमपीको फ्रन्ट क्यामराले उपभोक्ताको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउनेछ । ५००० मिलिएम्पायर आवरको ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज-वाचिंग गर्न मिल्छ।

ग्यालेक्सी एम १६ ५जी नेपालभरका सामसङको आधिकारिक स्टोरहरूमा (६ जिबी र्‍याम/१२८जिबी स्टोरेज)को मूल्य २६ हजार ९९९ रूपैयाँ रहेको छ ।