१४ असार २०८३, आइतबार

सानिमा बैंकका कार्ड प्रयोगकर्तालाई भारतको एपोलो अस्पतालमा विशेष छुट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच.मेडिकल एण्ड डायग्नोस्टिक प्रालिसँग सहकार्य गरेको छ ।

सानिमा भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदाबाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिन्छ । ग्राहकहरूले छुटका लागि अस्पताल जानु अघि बैंक वा एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रालिलाई जानकारी गराउनु पर्नेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२६ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।