२६ असार २०८३, शुक्रबार

नयाँ वर्षको अवसरमा गरिमा विकास बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशतसम्म छुट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । गरिमा विकास बैंक लिमिटेडको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक र दराजबीच सम्झौता सम्पन्न भएको छ ।

नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डर ग्राहकहरुले १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् । छुट योजना २०८१ चैत २२ गतेदेखि सुरु भई २०८१ चैत ३१ गतेसम्म लागू हुनेछ ।

गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाइट वा मोबाइल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएममार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।