२३ असार २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेजबीच सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । मुक्तिनाथ विकास बैंक र साउथवेस्ट्रन बिजनेश कलेज बीच बैंकिङ साक्षरता र व्यवसाय आदनप्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम प्रदान गर्नेछ, जसद्वारा विद्यार्थीहरूले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीका बारेमा ज्ञान प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले योग्य विद्यार्थीहरूलाई इन्टर्नशिप र प्रशिक्षणको सुविधा पनि उपलब्ध गराउनेछ । जसले गर्दा कलेजका विद्यार्थीहरूको क्षमता विकास गर्ने, वित्तीय जागरण तथा विद्युतिय कारोबारको जोखिमको बारेमा सचेतना बढाउने र रोजगारीको अवसर समेत प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताले बैंक र कलेजबीच दीर्घकालीन सहकार्यको सुरुवात गरेको छ, जसले गर्दा विद्यार्थीहरूले व्यावहारिक ज्ञान र रोजगारीको अवसर प्राप्त गर्न सक्नेछन् ।

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामौ रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।