१६ असार २०८३, मंगलबार

एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा अतिथि रेसोट एन्ड स्पामा विशेष छुट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र पोखराको लेकसाइडमा विगत १३ वर्षदेखि ‘अतिथि देवो भवः’ नाराका साथ देश तथा विदेशका अतिथिहरूको सेवा गर्दै आएको ४–स्टार रिसोट अतिथि रेसोट एन्ड स्पा बीच एससीटी–युपिआइ कार्डका ग्राहकहरूलाई होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।

एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि अतिथि रेसोट एन्ड स्पामा आफ्नो एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्नुपर्छ । ग्राहकहरूले एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा फूड, वेभरेज र स्पा बिलमा १० प्रतिशत छुट तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् । रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वितिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–युपिआइ कार्ड जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।