११ असार २०८३, बिहिबार

अध्यादेशमार्फत कानूनी बाधाहरु फुकाउने प्रयास गरेका छौं : रक्षामन्त्री राई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । रक्षामन्त्री मानवीर राईले अध्यादेशमार्फत कानूनी अप्ठ्यारा, बाधाहरु फुकाउने प्रयास गरेको बताएका छन् ।

बिहीवार काठमाडौंमा भएको कर्पोरेट एक्सिलेन्स अवार्ड, २०२५ लाई सम्बोधन गर्दै उनले कानूनी जटिलताहरुलाई व्यवस्थित गर्न बाँकी रहेपनि केही प्रयास भने गरेको बताएका हुन् ।

उनले भने, ‘हामीले अध्यादेशमार्फत कानूनी अप्ठ्यारा, बाधाहरु लगायत सुशासनसँगै अन्य क्षेत्रका बाधा फुकाउने कोशिस गरेका छौं । पर्याप्त छैन । अहिले पनि हामीले कतिपय कुराहरु कानूनी जटिलताहरुलाई व्यवस्थित गर्न बाँकी छ । कार्यान्वयनको चरण पनि तदरुकताका साथ छिटो होस् भन्ने कुरा यहाँ आएको छ हामी लागु गर्ने तयारीमा छौँ ।’

कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट उत्पादनमुलक उद्योगको रुपमा शिवम् सिमेन्टलाई सम्मानित गरिएको हो ।