१ श्रावण २०८३, शुक्रबार

जिम्मेवारीमा बसेर काम गर्न सक्यौँ भने समस्याहरु ट्रयाकमा आउँछन् : उर्जामन्त्री

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । उर्जामन्त्री दीपक खड्काले नेपालमा भएका स्रोतको सही सदुपयोग गर्नु पर्ने बताएका छन् ।

बिहीवार कर्पोरेट नेपालेको वार्षिकोत्सवको अवसरमा आयोजित ‘कर्पोरेट लिडर्स क्यारिकेचर २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालसँग प्रशस्त स्रोत भएको र सही सदुपयोग गर्नुपर्ने बताएका हुन् ।

‘हामीसँग स्रोत छ, स्रोतको परिचालन सही सदुपयोग गर्नुपर्ने छ । जिम्मेवारीमा बसेर काम गर्न सक्यौँ भने हाम्रा तमाम समस्याहरु अघि कुरा आयो जनताको वितृष्णा छ । त्यस्तो हैन, अल्मलिएको हुन सक्छ । त्यो अल्मलिएकोलाई ट्रयाकमा ल्याउनुपर्छ । त्यो हामी सबैको दायित्व हो,’उनले भने ।

उनले सबै कुरा सरकारको भर नपर्न र नागरिकको तहबाट पनि केही गर्नुपर्ने बताए ।

‘सबै कुरा सरकारले गर्दिन्छ भनेर बस्ने मान्यता पनि ठिक होइन । सरकारलाई सहयोग गर्छौं, सरकारले पनि गर्नुपर्छ । सरकारले गरेन भन्दै गर्दा मैले के गरे भन्ने कुराको ध्यान राख्न सकियो भने मैले यो गरेको सरकारले यो गर्नुपर्छ भन्ने कुरा नागरिकको तहबाट सुरु गरियो भने मुलुक बनाउन धेरै बेर लाग्छ जस्तो लाग्दैन ।’