२८ असार २०८३, आइतबार

एमालेले गरेका राम्रो कामको प्रचार हुन सकेन : कार्यवाहक अध्यक्ष पोखरेल

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष इश्वर पोखरेलले एमालेले गरेको राम्रो कामको प्रचार हुन नसकेको बताएका छन् ।

आज प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीहरुसंगको भेटमा पोखरेलले एमालेले जस्तो राम्रो काम अन्य राजनीतिक दलले गर्न नसकेको तर प्रचार भने उनीहरुको बढी भएको बताएका हुन् ।

पोखरेलले एमालेले गरेका जनपक्षीय कामको प्रचारप्रसार प्रेस चौतारीले गर्नुपर्ने भन्दै नवनिर्वाचित टिमलाई योजनाबद्ध ढंगले कार्ययोजना बनाएर प्रचारमा लाग्न आग्रह गरे ।

उनले पार्टीका कामको प्रचार गर्न चौतारीको भूमीका महत्वपूर्ण हुने भन्दै पार्टीको कामको प्रतिरक्षा गर्नका लागि निर्देशन दिएका छन् । उनले पार्टीको नितीलाई प्राथमिकता साथ अघि सार्न पनि निर्देशन दिए ।