७ श्रावण २०८३, बिहिबार

सिटिजन्स बैंकद्वारा बेबीलाईफ होमलाई सहयोग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाख प्रदान गरेको छ ।

बैंकले आफ्नो १८ औं बार्षिकोत्सव आगामी बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा बैंकले उक्त संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबीलाईफ होममा हाल २७ जना एचआईभी संक्रमित बालबालिका आश्रित रहेका छन् ।

विशेष गरी बिपन्न समुदायमा जन्मेका एचआईभी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुदाँ सञ्चालनमा केही सहजता होस् भन्ने उद्देश्यले बैंकले एक समारोहका बीच दुई लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम बालबालिकाको खानपान, शिक्षार स्वास्थोपचारमा खर्च गर्ने संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए । हरेक वर्ष बैंकले आफ्नो बार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।