६ श्रावण २०८३, बुधबार

कुलमान र हितेन्द्रदेवको रिटको सुनुवाई सकियो

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिटको सुनुवाई सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाई सकिएको हो । आदेश आजै आउने बताइएको छ ।

कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।

हितेन्द्रले कुलमानको नियुक्ति नै गलत भएको जिकिर गर्दै ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेका छन्।