१७ असार २०८३, बुधबार

मेयर बालेनलाई उपमेयर सुनिताको चेतावनी- अगाडि आउने हो, कोठामा बसेर आदेश दिन पाइँदैन

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर आदेश नदिन चेतावनी दिएकी छिन् ।

आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यलय प्रवेश गराउने क्रममा सुनिताले कि मेयर अगाडि आउनुपर्ने नभए कोठामा बसेर आदेश दिन नपाइने बताएकी हुन् ।

‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ’, उनले भनिन् ।

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबिच लडाइँ हुनु पनि राम्रो होइन ।’

गुरागाईंले मेयर बालेनले लगाएको ताला तोडेर साढे तीन महिनापछि जिम्मेवारी सम्हालेका छन् । गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले स्वागत गरेका थिए ।

गुरागाईंलाई अवरोध गर्न मेयर साहले नगर प्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै गुरागाईं कार्यालय प्रवेश गरेका हुन् ।