१७ असार २०८३, बुधबार

ताला फोडेर कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यकक्ष प्रवेश गरेका छन् ।

उनलाई रोक्ने मेयर बालेन शाहको योजना असफल पार्दै उनी कर्मचारीको सहयोगमा कार्यकक्षमा प्रवेश गरेका हुन् ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताए । महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए ।

ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा प्रवेश गराएका हुन् ।

आजै गुरागाईं पुगेपछि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो। छलफलमा वडाध्यक्षहरू पनि सहभागी थिए। तर महानगर प्रमुख बालेन्द्र शाह भने उपस्थित भएनन्।