
काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाका निलम्बित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको कार्यकक्षमा फेरि ताला लगाइएको छ ।
गुरागाईँ आज कार्यालयमा आउने भएपछि महानगर प्रहरीले ताला लगाएको हो । १२ तलाको काठमाडौं टावरलाई १९ तला बनाउने स्वीकृति दिएको पाइएपछि मेयर बालेन शाहले उनलाई निलम्बन गरेका छन् ।
तर सरकारले गुरागाईँलाई नै हाजिर गराउन पटक पटक निर्देशन दिँदै अर्को प्रशासकीय अधिकृत पठाउन मानिरहेको छैन ।
बालेनले गत पुस २४ गते स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ८४ बमोजिमको कामकाज गर्नका निम्ति अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन अनुरोध गर्दै पत्र पनि पठाएका थिए ।








प्रतिक्रिया