
काठमाडौं, २१ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २५ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो १२ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो २० रुपैयाँ, काउली (स्थानीय) प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ३० रुपैयाँ, मूला रातो प्रतिकिलो ५० रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकिलो २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ तथा भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ, तने बोडीको मूल्य प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ७० रुपैयाँ, तितो करेला प्रतिकिलो १२० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ९० रुपैयाँ, घिरौला प्रतिकिलो ७० रुपैयाँ, झिगुनी प्रतिकिलो ८० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, सलगम प्रतिकेजी ७० रुपैयाँ, भिण्डी प्रतिकिलो ११० रुपैयाँ कायम गरिएको छ ।
निगुरो प्रतिकेजी १०० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ५० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकिलो २०० रुपैयाँ, कोइरालो प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ६० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ६० रुपैयाँ, सेलरी प्रतिकिलो १५० रुपैयाँ, पार्सले प्रतिकिलो ३०० रुपैयाँ, सौफको साग प्रतिकिलो ७० रुपैयाँ, पुदिना प्रतिकिलो ३०० रुपैयाँ, गान्टे मूला प्रतिकिलो ७० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ, तामा प्रतिकिलो १०० रुपैयाँ, तोफु प्रतिकिलो १२० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकेको छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ, पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायो साग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ८० रुपैयाँ, चमसुरको साग १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ६० रुपैयाँ, मेथीको साग प्रतिकिलो ९० रुपैयाँ, प्याज हरियो प्रतिकिलो ४० रुपैयाँ, बकुला प्रतिकिलो ५० रुपैयाँ, तरुल प्रतिकिलो १२० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ तथा कुरिलो प्रतिकिलो ६०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फूजी) प्रतिकिलो ३५० रुपैयाँ, केरा (दर्जन) १६० रुपैयाँ, कागती प्रतिकिलो २९० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २०० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो २५० रुपैयाँ, भारतीय सुन्तला १५० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७० रुपैयाँ, मौसम प्रतिकिलो २०० रुपैयाँ, जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, रुख कटहर प्रतिकिलो १२० रुपैयाँ, निबुवा प्रतिकेजी ५० रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकिलो २६० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, अम्बा प्रतिकिलो १२० रुपैयाँ निर्धारण गरिएको छ ।








प्रतिक्रिया