
काठमाडौं, २० चैत । राजावादीको आह्वानमा काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन ५८ राउन्ड गोली चलाइएको र २० जना घाइते भएको प्रहरीले बताएको छ।
प्रहरीको गोली लागेर कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको थियो। तीनकुने नजिकै गोली लागेका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। उनको कुमनजिकै गोली लागेको अस्पतालले जानकारी दिएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै तीनकुने घटनामा प्रहरीको गोली लागेर घाइते भएका २० जनामध्ये ७ जना डिस्चार्ज भइसकेको बताए। १३ जना विभिन्न अस्पतालमा उपचाररत छन्। गोली लागेकामध्ये १८ जना पुरूष र २ जना महिला रहेको प्रहरीले जानकारी दिएको छ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया