३० आश्विन २०८३, शुक्रबार

हनिमुनबाट फर्कनेबित्तिकै घरमा प्रवेश नपाएपछि विवाहित युवती बसिन् हड्तालमा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । उत्तर प्रदेशको मुजफ्फरनगरबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँको एक बस्तीमा एक नवविवाहित युवती हनिमुनबाट फर्किएर घरमा प्रवेश नपाएपछि ससुरा घरबाहिर धर्नामा बसेकी छन् ।

भारतीय मिडिया रिपोर्टका अनुसार बुढाना निवासी शालिनी शंकरको १२ फेब्रअरीमा विवाह भएको थियो । विवाहपछि उनी श्रीमान्सँग हनिमुनका लागि इन्डोनेसियाको बाली आइल्याण्ड गएकी थिइन् र त्यहाँबाट आएपछि आफ्नो माइती गएकी थिइन् । तर इन्डोनेसियाबाट फर्किनेबित्तिकै पतिको व्यवहारमा परिवर्तन आएको उनको बुझाइ छ ।

माइतीबाट ससुरा घर पुग्दा शालिनीलाई घरभित्र पस्न दिइएन । यसपछि ससुरा घरको व्यवहारबाट त्रसित नवविवाहित युवतीले माइती परिवारसहित पाल टाँगेर हड्तालमा बसेकी हुन् ।

नवविवाहित युवती हड्तालमा बसेको १२ घण्टाभन्दा बढी भइसकेको छ । विवाहित महिलालाई भेट्न प्रहरी पनि पुगेको थियो तर ससुराले घरको गेट नखोलेकाले कुनै समाधान हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शालिनीको ससुराले ५० लाख दाइजो मागेका थिए । पैसा नदिएसम्म घरभित्र पस्न नदिने बताएको समाचारमा उल्लेख छ ।

प्रहरीले पीडित पक्षलाई कुनै समस्या भए लिखित उजुरी दिन भनेको छ । लिखित उजुरी दिए घटनाको अनुसन्धान गरी कारबाही गर्ने प्रहरीले जनाएको छ ।

यसैबीच, शालिनीले परिवारसहित आत्महत्या गर्ने धम्की दिएकी छन् । शालिनीले भोलिसम्म घरभित्र पस्न नसके परिवारसहित आत्महत्या गर्ने बताएकी छन् ।