
काठमाडौं, १८ चैत । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गत शुक्रबार राजावादीको हिंसात्मक प्रदर्शनलाई नेपालको इतिहासमा कालो दिनको रूपमा लिएको बताएका छन् ।
आज एमालेद्वारा आयोजित राजावादीको भण्डाफोर गर्न र गणतन्त्रका पक्षमा एमालेले देशभर जागरणसभा र मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै उनले नेपालको निरंकुश राजतन्त्र के हो भन्ने कुरा नयाँ पुस्ताले बुझ्न पाएका बताएका हुन् ।
राजतन्त्र कति निर्मम र क्रुर हुन्छ भन्ने गत १५ गते राजावादीले देखाएका उनको भनाइ छ । एमालेले आयोजना गरेको ¥याली समाजमा आतंक मच्चाउने मात्रै छैनन्, जनताको पक्षमा लड्नेहरू पनि छन् भन्ने सन्देश दिनका लागि रहेको स्पष्ट पारे ।
नेपालमा संघीय लोकतन्त्रीक गणतन्त्र कसैको कृपाले नभइ जनताको बलीदानीपूर्ण संघर्षबाट आएको र सोही बलीदानीपूर्ण संघर्षबाट बनेको संविधानबाट कसैले आँखा लगाउँछन् भने नेपाली जनताले तिनलाई धरासायी बनाउने धारणा राखे ।
कार्यक्रममा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, बागमती प्रदेश इंचार्ज डा. राजन भट्टराई लगायतका नेताहरू पनि सहभागी थिए ।







प्रतिक्रिया