३० आश्विन २०८३, शुक्रबार

बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १८ चैत । बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो । उनको घटनास्थलमै ज्यान गएको उनले बताए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ ।