२६ जेष्ठ २०८३, मंगलबार

ज्ञानेन्द्रलाई महासचिव पोखरेलको चेतावनी– बंगलादेशको मोडलमा सत्ता परिवर्तन गर्ने सपना नदेख्नु

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रलाई बंगलादेशको मोडलमा सत्ता परिवर्तन गर्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

दुर्गा प्रसाईँ जस्ता हुल्लडबाजलाई परिचालन गरेर आपराधिक क्रियाकलाप गराई दोष जति सुरक्षाकर्मीलाई बोकाएर आफू भने पानी माथिको ओभानो नबन्न पनि पोखरेलले पूर्वपञ्चहरु, पूर्वराजा र उनका मतियारलाई महासचिव पोखरेलले आग्रह गरेका छन् ।

‘बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न जनकमाणडर तोकिएका दुर्गा प्रसाईँद्वारा परिचालित गरिएका हुल्लडबाजहरुले गरेको आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभानो बन्न खोजिरहेका छन् राजावादीहरू, तर खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ’, महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

दुर्गा प्रसाईँलाई दोष थोपरेर उम्कन खोजेका राप्रपाका संस्थापक पूर्वपञ्चहरुले अहिले सुरक्षाकर्मीलाई दोष थोपर्नुको कारण निर्मल निवासको थ्रेट भएको पोखरेलको विश्लेषण छ । घटना भएको दिन दुर्गा प्रसाईँ र उनका अनुचकारको काँधमा दोष थोपर्ने राप्रपाका नेताहरूको अहिले बोली फेरिएको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

‘राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाईँ र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले, घटना घटेको दिनसम्म राप्रपाको संस्थापन पक्षलाई लागेको त यस्तै थियो तर निर्मल निवासको थ्रेटका सामु उनीहरू निरीह देखिए र भन्न थाले प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले’, उनले लेखेका छन् ।

निर्मल निवासको अगाडि पूर्वपञ्चहरु निरीह भएको महासचिव पोखरेलको धारणा छ । ‘आँखादेखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्व पञ्चहरूको नियति’, पोखरेलको धारणा छ ।