
काठमाडौं, १६ चैत । नेपाली सेनाले शनिबार टुँडिखेलमा घोडेजात्रा पर्व मनाएको छ । शनिबार सेनाले एक विशेष समारोहको आयोजना गरेर घोडेजात्रा पर्व मनाएको हो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका थिए । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागी भए ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरेका थिए । यस अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन भएको थियो ।
चैत्र कृष्ण औंसी तिथिमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ ।








प्रतिक्रिया