२६ असार २०८३, शुक्रबार

काठमाडौं महानगरले ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिराउने (पत्रसहित)

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । काठमाडौं महानगरपालिकाले चैत १५ गते शुक्रबार पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ ।

शनिबार सबै घटनामा कुल नोक्सानी रकम सात लाख ९३ हजार रुपैयाँसहितको पत्र महानगरले शाहलाई पठाएको हो । पत्र निर्मल निवासमा पठाइएको महानगरले जनाएको छ ।

पत्रहरुमा काठमाडौं महानगरपालिका वडा नं. ३२ तीनकुनेमा आयोजना गरिएको प्रदर्शन कार्यक्रमबाट कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ भन्दै महानगरले पत्र लेखेको हो । त्यस क्षेत्रको भवनमा आगजनी भएको खबर प्राप्त हुनासाथ काठमाडौं महानगरपालिकाको न्यूरोड बारुण यन्त्रको दमकलसहित अग्नि नियन्त्रकहरु खटिई गई आगो नियन्त्रण गर्ने क्रममा कार्यक्रममा आएका व्यक्तिहरुले दमकल र अग्नि नियन्त्रकहरुलाई ढुंगामुढा गरी दमकल फुटाएकाले क्षतिपूर्ति बापत एक लाख तीस हजार रुपैयाँ दाखिला गर्न भनिएको छ ।

‘कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००.०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ । त्यस क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००.०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको महानगरले जनाएको छ ।

बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरि वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १००,०००.०० रुपैयाँ (अक्षरुपी एक लाख) जरिवाना गरिएको महानगरले जनाएको  छ । जडिबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दै महानगरले अर्को पनि पत्र काटेको छ ।

यसैगरी, सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको पत्र महानगरले काटेको हो । प्रदर्शनबाट ती क्षेत्रमा रहेको रुख, विरुवा, रेलिङ्ग तोडफोड गरेबापत ४० हजार र तीनकुने आईल्याण्डमा तोडफोड गरेबापत २३ हजार गरी जम्मा ६३ हजार रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।