१७ असार २०८३, बुधबार

राजावादी भएको आरोप लागेपछि दीपकराज भन्छन्– आएको समाचार गलत छ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । कलाकार दीपकराज गिरीले आफू कुनै पनि राजनीतिक पक्षमा नरहेको स्पष्टिकरण दिएका छन् । उनले शनिबार बिहान आफ्नो फेसबुकमार्फत स्पष्टिकरण दिएका हुन् ।

‘म न त अहिलेको श्री ३ (प्रचण्ड, केपी, शेबहादुर)को पक्षमा छु, न त उहिलेका श्री ५ को पक्षमा । कुनै व्यक्ति वा वादको पक्षपोषण गरिन्न । आएको समाचार गलत छ,’ गिरीले भनेका छन् ।

यसअघि चैत १३ गते राजतन्त्रप्रति समर्थन जनाउने व्यक्तिहरूको एक भेलामा गिरी उपस्थित थिए । भेलामा उनको सहभागिताले गिरी राजावादी भएको भन्ने टिप्पणीहरू भइरहेको छ ।