३० असार २०८३, मंगलबार

पीएम कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। सिद्धार्थ क्रिकेट रंगशालामा आज बिहान ९ बजेदेखि फाइनल खेल सुरु हुँदैछ ।

पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी तथा आर्मीको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।

दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।