७ श्रावण २०८३, बिहिबार

साल्ट ट्रेडिङको ५८औं साधारणसभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव पारित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । साल्ट ट्रेडिङ कर्पोरेशनको ५८औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखा नीति पारित गरेको छ ।

कर्पोरेशनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ कारोबार समष्टिगतमा मूल्याङ्कन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको अवगत गराए । उनले नुन, खाद्य वस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको जानकारी गराए । कर्पोरेसन गतवर्ष एक अर्ब ४ करोड ९७ लाख नाफा आर्जन गर्न सफल भएको थियो ।

साधारणसभाले २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले शेयर होल्डरहरूलाई नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । साथै, सुनकोसी नदी लगायतमा आएको भीषण बाढीले जनधनको व्यापक क्षति पुर्‍याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरूका तर्फबाट समेत गरी ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

कर्पोरेशनले सरकारको निर्देशन पालना गरी खास वस्तुहरूमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तर दायित्व समेत वहन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैर अनुदानित रासायनिक रासायनिक मल एमुनियक सल्फेट र सि।गल सुपर फस्फेट मल कृषकहरूलाई उपलब्ध गराउँदै आएको छ ।

अध्यक्ष श्रेष्ठले नेपाल सरकारको नीतिको अवलम्बन गर्दै मुलुक भर गुणस्तरीय वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै कर्पोरेशनलाई राष्ट्रिय तथा अन्तर्राट्रिय बजारमा स्थापित गर्न नवीनतम एवं सिर्जनशील कारोबार खोजी गर्दै व्यापार विविधीकरणतर्फ उन्मुख रहेको बताए ।