
पोखरा, १५ चैत । चैत १७ सम्म चल्ने ‘वाडा अटो शो–२०२५’को अवसरमा टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ इलेक्ट्रिक गाडी कर्भ.ईभी एसयुभी कूपे र नेक्सन के३.ईभी सार्वजनिक गरेको छ ।
पोखरा महानगर प्रमुख धनराज आचार्य, सिप्रदीका सिईओ राजनबाबु श्रेष्ठ, सिओओ राजेश प्रसाद गीरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्स रिजनल कस्टमरकेयर (दक्षिण एसिया) हेड रनधीर कुमार चौधरी, र टाटा मोटर्स कन्ट्री म्यानेजर प्रसन्न रङ्गनाथनले संयुक्त रुपमा नयाँ ईभीहरु सार्वजनिक गरेका हुन् ।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएशन (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएशन (वाडा)को संयुक्त आयोजनामा पोखरामा ‘वाडा अटो शो–२०२५’को आयोजना भएको हो ।
नेक्सन के३.ईभी : नेपाली सडकको लागि अनुकूल
टाटा नेक्सन के३ इभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन् । यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ । यस गाडीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ ।
कर्भ.ईभी : उच्च प्रदर्शन इलेक्ट्रिक एसयुभी कूपे
कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ । जसको टप भेरियन्टको मूल्य ५६.९९ लाख रुपैयाँ रहेको छ । यसमा एडिएएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल–ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ–भीबीएससहितको इएसपी रहेको कर्भ.ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ । गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन् ।
इच्छुक ग्राहकहरुले जारी वाडा अटो शोको स्टिल नम्बर (ए३)मा टाटाका कर्भ।ईभी र नेक्सन के३.ईभी अवलोकनका साथै बुकिङ गर्न सक्नेछन् । यसअघि सिप्रदीले पूर्वदेखि पश्चिमसम्म नयाँ ईभीहरु सार्वजनिक गर्दै वाडा अटो शो–२०२५ लाई लक्षित गर्दै पोखरामा सार्वजनिक गरेको हो । यसरी, नयाँ प्रविधि र सुविधासम्पन्न इलेक्ट्रिक गाडीहरूले नेपाली उपभोक्ताको ध्यान आकर्षित गर्ने अपेक्षा सिप्रदी ट्रेडिङ्गले गरेको छ ।








प्रतिक्रिया