९ असार २०८३, मंगलबार

एनसेल एनएसएल : ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । शनिबारदेखि सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन–३ मा ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ ।

बिहीबार एनसेल र ललितपुर सिटी एफसीबीच सम्झौता भएको हो । ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दैछ ।

यस सिजनमा ललितपुर सिटी एफसीसहित काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

“एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आवद्ध हुन पाएकोमा खुसी छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

एनसेल एनएसएल सिजन–३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ । बैशाख १३ गते समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगितामा एनसेल प्रमुख प्रायोजकका रुपमा पहिला नै आवद्ध भई सकेको छ ।

एएनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ ।