१ कार्तिक २०८३, शनिबार

आईपीएल : हैदरावादमाथि लखनउको शानदार जित

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।

आक्रामक ब्याटिङ लाइनअपका रुपमा चिनिने अभिषेक शर्मा, इशन किशन र नितिशकुमार रेड्डी, हेनरिक क्लासेन नचल्दा हैदरावाद पराजित भएको हो ।

टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो ।

१९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।

यो जितसँगै लखनउले दुई खेल खेलेर दुई अंक जोडेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग मात्र एक विकेटले पराजित भएको थियो । यो सिजनमा हैदरावादको पहिलो हार हो ।