२८ असार २०८३, आइतबार

गरिब जनताका लागि विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । सरकारको पूर्ण स्वामित्व रहेको नेपाल विद्युत् प्राधिकरणले गरिब जनताका लागि विद्युत् सेवाशुल्क छुट योजना लागू गर्ने तयारी थालेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताहरूलाई मासिक विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिइने तयारी थालिएको हो । विगतमा २० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताले मासिक ३० रूपैयाँ सेवा शुल्क तिर्दै आएका थिए ।

शाक्यका अनुसार मंगलबार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सेवाशुल्कमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको हो र विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि सिफारिस गरिएको छ ।  यस निर्णयले न्यून आय भएका र कम बिजुली बाल्ने उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्नेछ ।

नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि यो योजना कार्यान्वयनमा आउनेछ ।