५ असार २०८३, शुक्रबार

स्वास्थ्य शिविरलाई सानिमा बैंकको आर्थिक सहयोग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । गोरखाको शक्तिचोकस्थित नेपाली सेना रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाले संयुक्त रुपमा आयोजना दुईदिने बृहत स्वास्थ्य शिविरलाई सानिमा बैंकले आर्थिक सहयोग गरेको छ ।

गोरखाको सहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा सञ्चालित कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन् । शिविरमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क औषधि पनि वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत विभिन्न क्षेत्रमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरु गर्ने योजना बनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२६ वटा एटिएम सञ्चालनमा रहेका छन् ।