६ श्रावण २०८३, बुधबार

नबिल बैंकको कायममुकायम सीईओमा ज्ञवाली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

आज बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई कायममुकायम सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएपछि ज्ञवालीलाई कायममुकायम सीईओ बनाइएको हो ।

यसअघि ज्ञवाली वरिष्ठ प्रमुख कार्यकारी अधिकृत थिए । चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीले ०७७ साउनमा ज्योति विकास बैंकको सीईओबाट राजीनामा दिएर नबिल बैंकमा महाप्रबन्धक बनेका थिए ।

उनले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, ज्योति विकास बैंकलगायत संस्थामा उच्च तहमा बसेको काम गरिसकेका छन् ।