३२ असार २०८३, बिहिबार

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा सरकारको जवाफ माग्दै सदन अवरूद्व गरेपछि बैठक स्थगित भएको हो ।

बैठक सुरू हुनासाथ सरकारको जवाफ माग्दै प्रतिपक्षी दलहरूले बैठक अवरूद्व गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए ।

फेरि दोस्रो पटक बसेको बैठकमा पनि प्रतिपक्षीले अवरोध कायमै राखेपछि सभामुख घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् ।