२२ असार २०८३, सोमबार

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, बिजनेस अपरेसन प्रमुख ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन्।

क्यालेन्डर बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको छ। सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरू, बीमा अभिकर्ताहरू, सञ्चालक पदाधिकारीहरू, सबै कर्मचारीहरूलगायत सबैलाई नयाँ वर्ष २०८२ को अग्रिम शुभकामना समेत व्यक्त गरे।

आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनको भनाइ थियो। साथै, सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पूरा गर्न कम्पनी दत्तचित्त भएर लागिपर्ने उनले बताए।