१९ असार २०८३, शुक्रबार

कृषि विकास बैंकद्धारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । कृषि विकास बैंक लिमिटेडले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका सात वटै प्रदेशमा रहेका प्रदेश कार्यालयहरु तथा अन्तर्गतका विभिन्न शाखाहरु मार्फत यस वर्षका लागि तय गरिएको ‘थिंक विफोर यू फलो, वीस मनी टुमरो’ नारालाई टेवा पु¥याउने गरी प्रभातफेरी कार्यक्रम लगायत विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरु माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरिएको बैंकले जनाएको हो ।

बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना प्रदेश कार्यालय तथा शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।