२१ असार २०८३, आइतबार

क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।

शकिब स्वेच्छाचारी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्व सांसद हुन् । हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उनीहेलिकप्टरबाट छिमेकी भारत भागेकी थिइन् । हसिनासँगको उनको सम्बन्धले उनलाई जनताको आक्रोशको निशाना बनायो र विद्रोहको समयमा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमनका लागि हत्या अनुसन्धानको सामना गरिरहेका दर्जनौँ व्यक्तिमध्ये एक उनी पनि थिए ।

ती आरोपहरूमा उनीमाथि आरोप लगाइएको छैन तर हाल उनीमाथि तीन लाख डलरभन्दा बढीको चेकहरू बाउन्स गरेको भनी ठगीको आरोपमा मुद्दा चलिरहेको छ ।

अदालतले जनवरीमा शकिबको गिरफ्तारीका लागि वारेन्ट जारी गरेपछि राजधानी ढाकाका मजिस्ट्रेटले सोमबार जफत गर्ने आदेश दिए । हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी–२० क्रिकेट प्रतियोगितामा खेलिरहेका थिए र त्यसयता उनी बङ्गलादेश फर्किएका छैनन् ।

बायाँ हातका अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, दुई सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र एक सय २९ टी–२० खेल्नुभएको छ र कुल सात सय १२ विकेट लिएका छन् ।