७ असार २०८३, आइतबार

शीर्ष नेताहरूको बैठक : टीआरसी टुंग्याउन आयोग गठन गर्ने सहमति

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । संक्रमणकालीन न्याय (टीआरसी) का विषयमा शीर्ष तीन दलका नेताहरूबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो ।

शीर्ष नेताहरूबीच टीआरसीलाई टुंग्याउन दुई आयोग गठन गर्ने सहमति भएको छ । आयोग गठन गर्नका लागि सर्च कमिटी बनाउन तीनजनै शीर्ष नेता सहमत भएका हुन् ।

तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी थिए ।