१६ असार २०८३, मंगलबार

नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन् : राष्ट्रपति

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले कुनै पनि निरंकुशता नरूचाएका बताएका छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी भएको बताएका हुन् ।

उनले भने, ‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महशुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो।’

संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएकाले शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको उनको भनाइ छ ।