
काठमाडौं, ११ चैत । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले ७ वटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर ‘थिंक बिफोर यू फलो, वाइजमनि टूमरो’ भन्ने मूल नाराका साथगत चैत्र ४ देखी १० गतेसम्म संचालन गरेको ग्लोबल मनी विक हजारौँ सर्वसाधारण लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरेर सम्पन्न गरेको छ ।
ग्लोबल मनी विक अन्तर्गत बैंकले कोशी प्रदेशको भोजपूर, महेन्द्रचोक विराटनगर, विर्तामोड, इटहरी, कर्सिया र शहिदभूमिमा कार्यक्रम सम्पन्न गरेको हो । यस्तै, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपूर, बाग्मतीप्रदेशको भरतपुर, भैंसेपाटी, मनहरी, मंगलपूर, चरिकोट, नारायणगढ, नारायणगोपालचोक, धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपूरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुलीमा सम्पन्न भएको छ ।
यसैगरी, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बाग्लुङ्ग, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपूर, जीतपूर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपूर र सूख्खानगर, कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्रदान गरिएको हो ।
यस कार्यक्रम्रमा उपस्थित युवा तथा विद्यार्र्थी वर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको थियो । यो सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको थियो । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिंग प्रणालीकै प्रयोग गर्न समेत कार्यक्रमबाट आग्रह गरिएको छ ।
यसबाट बैंकिंग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।








प्रतिक्रिया